एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (आइतबार) रियल मड्रिडले सेभियाको सामना गर्दैछ ।
उपाधि दाबेदार क्लब रियलले सेभियासँग उसैको मैदानमा खेल्नेछ । रियल र सेभियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
सेभियाविरुद्ध मैदान उत्रदा रियल जित निकाल्दै शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ । तर, बलियो सेभियाविरुद्ध रियललाई जित निकाल्न निकै कठिन हुनेछ । किनकी सेभिया पनि रियललाई स्तब्ध बनाउदै शीर्ष स्थानमा उक्लन चाहन्छ ।
लिगको ४ खेलमा ८ अंक जोडेको रियल पाँचौं स्थानमा छ । दोस्रो स्थानको सेभियाको ११ अंक छ । सेभियालाई शीर्ष स्थानमा उक्लन बराबरीको नतिजाले पुग्नेछ ।
ला लिगा अन्तर्गत नै अन्य खेलमा स्पानियोलले रियल सोसिडाडसँग खेल्दा भ्यालेन्सियाले लेगानेसको सामना गर्नेछ ।
यस्तै गेटाफे र मालोर्का भिड्द एथलेटिक बिल्बाओ र डिपोर्टिभो अल्भेसबीच खेल हुनेछ ।