काठमाडौं । तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपालले अहिले माल्दिभ्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
एपीएफको हलचोक मैदानमा जारी खेलमा नेपालले माल्दिभ्सविरुद्ध १-१ को बराबरी गरेको छ । पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा गोल फर्काएको हो ।
नेपालका लागि मनिष डाँगीले खेलको ७६ औं मिनेटमा हेड गोल गरे ।
पहिलो हाफमा माल्दिभ्सले खेलको १४ औं मिनेटमा गोल गरेको थियो ।
नेपालका रोशन दोङले डिबक्स भित्र फल गरेपछी पाएको पेनाल्टीमा माल्दिभ्सका कप्तान हसन नजिबले गोल गरेका हुन् ।
त्यसअघि खेलको तेस्रो मिनेटमा नेपालकामनिष डाँगीले गोल गरेपनि रेफ्रीले अफसाइड दिएको थियो ।
प्रतियोगिताको समूह 'ए' मा रहेको नेपालले दोस्रो खेलमा असोज ५ गते भुटानसँग खेल्नेछ । समूह 'बी'मा भारत, श्रीलंका र बंगलादेश रहेका छन् । समुहका शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्नेछन् ।