काठमाडौं । तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको उद्माघाटन खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ ।
एपीएफको हलचोक मैदानमा हुने खेलका लागि नेपालले प्लेईङ-११ को घोषणा गरेको छ । नेपालले मनिष डाँगी र बृजेश चौधरीलाई अग्र पंक्तिको जिम्मेवारी दिएको छ ।

प्रतियोगिताको समूह 'ए' मा रहेको नेपालले दोस्रो खेलमा असोज ५ गते भुटानसँग खेल्नेछ । समूह 'बी'मा भारत, श्रीलंका र बंगलादेश रहेका छन् । समुहका शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्नेछन् ।
यसअघि नेपाल र भुटान भएको अघिल्ला दुई संस्करणको उपाधि नेपालले जितेको थियो ।
प्लेईङ-११
गोलकिपर : विशाल सुनार
डिफेन्डर : रोशन दोङ, नविन गुरुङ, विशाल बस्नेत, रन्दिप पौडेल
मिडफिल्डर : शिशिर लेखि, जया गुरुङ, रोशन मगर, नितिन थापा
फरवार्ड : मनिष डाँगी, बृजेश चौधरी