काठमाडौं । तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप आज (शुक्रबार) सुरु हुदैछ ।
एपीएफको हलचोक मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता समेत रहेको नेपालले माल्दिभ्ससँग खेल्दैछ । नेपाल र माल्दिभ्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
माल्दिभ्सविरुद्ध मैदान उत्रनु अघि नेपाली युवा टोलीले पशुपतिनाथको दर्शन गरेको छ । नेपाली टोलीले बिहान पशुपतिको दर्शन गरेको हो ।
भगवान प्रतिको आस्था र विश्वास तथा खेलाडीहरुमा सकारात्मक भावना ल्याउन पशुपतिको दर्शन गर्न गएको टिम म्यानेजर रुपेश अधिकारीले जानकारी गराए ।
प्रतियोगिताको समूह 'ए' मा रहेको नेपालले दोस्रो खेलमा असोज ५ गते भुटानसँग खेल्नेछ । समूह 'बी'मा भारत, श्रीलंका र बंगलादेश रहेका छन् । समुहका शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्नेछन् ।
यसअघि नेपाल र भुटान भएको अघिल्ला दुई संस्करणको उपाधि नेपालले जितेको थियो ।