काठमाडौं । युरोपा लिग फुटलबमा म्यान्चेष्टर युनाईटेडले काजकिस्तानको एफसी अस्टनालाई हराएको छ ।
युवा खेलाडी मासन ग्रिनउडले सिनियर टिमबाट पहिलो गोल गर्दै घरेलु मैदानमा युनाईटेडलाई जित दिलाएका हुन् ।
बराबरीतर्फ उन्मुख खेलको ७३ औ मिनेटमा ग्रिनउडले युनाईटेडका लागि गोल गरेका थिए ।

त्यसअघि मार्कुस रासफोर्डले धेरै गोलका प्रयास असफल भएका थिए । गोलपछि पनि युनाईटेडले निरन्तर गोलका अवसर गुमाएको थियो ।
समुह एलमा रहेको युनाईटेडले पहिलो खेलमै ३ अंक जोडेको छ । अस्टना अंक विहिन हुदै तालिकाको पुछारमा छ ।