एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) विभिन्न चार खेलहरु हुँदैछ । शनिबार रियल मड्रिड, बार्सिलोना, एट्लेटिको मड्रिड लगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
रियलले शनिबार घरेलु मैदानमा लेभान्टेको सामना गर्नेछ । रियल र लेभान्टेबीचको खेल अपरान्ह ४:४५ बजेपछि सुरु हुनेछ ।
घरेलु मैदानमा लेभान्टेविरुद्ध मैदान उत्रदा रियल स्पस्ट जितको खोजीमा हुनेछ । रियल जित निकाल्दै लिगको शीर्ष दुईमा पुग्न चाहन्छ । यता, लेभान्टे घरेलु टोलीलाई स्तब्ध बनाउने योजनामा हुनेछ ।
रियलले ३ खेलमा ५ अंक जोडेको छ । रियल लिगको पाँचौ स्थानमा छ । ६ अंक जोडेको लेभान्टे चौंथो स्थानमा छ ।
लिग अन्तर्गत नै लिग लिडर एट्लेटिको मड्रिडले रियल सोसीडाडसँग उसैको मैदानमा खेल्नेछ । सोसीडाडविरुद्ध मैदान उत्रदा एट्लेटिको अपराजित यात्रा कायम राख्ने योजनामा हुनेछ । एट्लेटिकोले ३ खेलमा ३ जितसहिअत ९ अंक जोडेको छ । सोसीडाडको ४ अंक रहेको छ।
यस्तै साविकको विजेता बार्सिलोनाले भ्यालेन्सियासँग घरेलु मैदानमा खेल्नेछ । बार्सिलोना र भ्यालेन्सियाबीचको खेल राति १२:४५ मा सुरु हुनेछ ।
घरेलु मैदानमा बार्सिलोना जित निकाल्दै लय समात्न चाहन्छ । कप्तान लियोनल मेस्सी मुख्य खेलाडी घाइते हुँदा समस्यामा परेको बार्सिलोना भ्यालेन्सियालाई हराउन चाहन्छ । भ्यालेन्सियाविरुद्ध लुइस स्वारेज भने खेलमा फर्कने सम्भावना रहेको छ ।
३ खेलमा बार्सिलोनाले ४ अंक जोडेको छ । बार्सिलोना आठौं स्थानमा छ । ४ अंक जोडेको भ्यालेन्सिया दशौँ स्थानमा छ ।
अर्को खेलमा लेगानेस र भिया रियलबीच खेल हुनेछ ।