• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपाललाई बलियो जोर्डनको चुनौती
खेलपाटी संवाददाता
शनिबार, भदौ २८, २०७६ खेलपाटी संवाददाता
नेपाललाई बलियो जोर्डनको चुनौती
भारतमा भएकाे उमेर समुहकाे साफमा सहभागी नेपाली युवा टाेली । फाइल फाेटाे ।

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि जोर्डन पुगेको नेपाली टोलीले आज (शनिबार) पहिलो खेल खेल्दैछ ।

नेपालले शनिबार बलियो टिम तथा घरेलु टोली जोर्डनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र जोर्डनबीचको खेल अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ ।

बलियो जोर्डनविरुद्ध नेपाललाई जित निकाल्न फलामको चिउरा चपाउनु सरह हुनेछ । तर, नेपाल जोर्डनलाई कम्तिमा बराबरीमा रोक्ने योजनामा हुनेछ ।

नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले पहिलो खेलमा धेरै चुनौति सामना गर्नु पर्ने भएपनि बराबरीमा रोक्ने योजना रहेको बताए ।

'जोर्डन एक बलियो प्रतिद्वन्दी हो र उनीहरुकै घरेलु मैदानमा खेल्दा हामीलाई दबाब अवश्य हुनेछ । हाम्रो पहिलो लक्ष्य भनेको उनीहरुलाई बराबरीमा रोक्ने हो ।' प्रशिक्षक श्रेष्ठले प्रि म्याच कन्फरेन्स भने, 'यसका लागि हामीले आफ्नो रक्षापंक्ति बलियो बनाउनुपर्नेछ । हामीले काउन्टर  अट्याकमा गोल गर्ने मौको सृजना गर्दै त्यसको भरपुर फाइदा उठाउनु पर्नेछ ।'

हालै भारतमा सम्पन्न साफ यू-१५ च्याम्पियनसिपमा उपविजेता बनेको नेपालले दुई साताको अन्डरमा दोस्रो प्रतियोगिता खेल्न लागेको हो । तर, भारतमा नेपाली टोलीको कप्तानी गरेका प्रदिप लम्सालसहित  असिम राई र इश्वर गुरुङ टिममा छैनन्  । एमआरआईबाट तीनै खेलाडीको उमेर बढी भएको रिपोर्ट आएपछि उनीहरु जोर्डन गएका छैनन् ।

तर, जोर्डनविरुद्ध मैदान उत्रदा नेपाली टिम साफ यू-१५ को फाइनलमा भारतसँग व्यहोरेको हारबाट पाठ सिक्दै मैदान उत्रने छ । 

'भारतविरुद्बिध कोलकातामा भएको फाइनलमा हामी जसरी पराजित भयौं । त्यसले हामीलाई ठूलो पाठ सिकाएको छ । पुरै नेपाली टोली यो प्रतियोगितालाई लिएर निकै गम्भिर छ । भारतमा भएका गल्तिहरु हामीले यहाँ दोहोर्याउने छैनौं,' प्रशिक्षक श्रेष्ठले भने, 'यो प्रतियोगिता निकै कठिन छ तर हामी राम्रो प्रदर्शन गर्न लालायित छौं ।'

लम्साल टिमबाट बाहिरिएपछि नेपालले जान लिम्बुलाई कप्तानको जिम्मेवारी दिएको छ । नेपाली टोलीको कप्तानी पाएका जान जोर्डनविरुद्ध शतप्रतिशत दिएर खेल्ने बताउछन् ।

'तीन जना प्रमुख खेलाडी नहँदा टिममा असर त परेको छ नै तर अब हामीले यहाँ हुने खेलहरुको बिषयमा सोच्नुपर्छ । सबै टिमहरु राम्रा छन् र छनोट हुनका लागि हामीले आफ्नो शतप्रतिशत दिनु पर्नेछ ।' जानले भने, 'त्यसको लागि हामी तयार छौं । हामी राम्रो फुटबल खेल्न चाहन्छौं ।'

सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलंका रहेका छन् ।

नेपालले जोर्डनपछि दोस्रो खेल भदौ ३० गते कुवेतसँग खेल्नेछ । तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानको सामना गर्दा नेपालले अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन्  ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP