एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडका स्ट्राइकर मार्कस राष्फोर्डले पूर्व प्रशिक्षक जोसे मोरिन्होसँग भन्दा अहिलेका प्रशिक्षक ओले गुनर सोल्सायरसँग खेलाडीलाई चिन्ने क्षमता रहेको बताएका छन् ।
बीबीसीसँग कुरा गर्दै इन्ग्लिश फरवार्ड राष्फोर्डले युनाईटेडको पूर्व खेलाडी भएको कारणले पनि सोल्सायरसँग युनाईटेडका खेलाडी चिन्ने क्षमता मोरिन्होको भन्दा बढी रहेको बताए ।
'सोल्सायार धेरै फरक छन् । तर, मलाई यो अपेक्षित लाग्छ किनकि उनले यहाँ खेलेका छन् । पिच बाहिर उनले बढी खेलाडी बुझ्छन्,' राष्फोर्डले भने ।
राष्फोर्डले मोरिन्होसँग दुई सिजन खेलेका थिए । सन् २०१६ मा युनाईटेड आएका मोरिन्हो क्लबले खराब प्रदर्शन गरेपछि सन् २०१८ मा बर्खास्तमा परेका थिए ।
यस्तै राष्फोर्डले मोरिन्हो विश्वस्तरीय प्रशिक्षक रहेको तर खेलाडीको बाहिरी जीवन बुझ्न नसकेको बताए ।
मोरिन्हो शीर्ष प्रशिक्षकमा पर्छन् । उनीसँग मानिस चिन्ने क्षमता छ,' राष्फोर्डले भने, 'प्रशिक्षकहरुले पनि खेलेका छन् । उनीहरुले हाम्रो लाइफ स्टाइल बिताएका छन् । उनीहरुले अलि बढी बुझेका हुन्छन् ।'
मोरिन्हो बर्खास्त गर्दै युनाईटेडले सोल्सायरलाई क्लब हेर्ने जिम्मेवारी दिएको थियो । सोल्सायर आएपछि क्लबको प्रदर्शनमा समेत सुधार देखिएको थियो ।