एजेन्सी । इन्ग्लिश क्लब आर्सनलका यूवा मिडफिल्डर जोए विल्लकले आर्सनलसँग लामो समयको सम्झौता गरेका छन् ।
इंग्ल्याण्डको यू-२१ टोलीका सदस्य विल्लक आर्सनलमै बस्न सहमत भएपछि क्लबले सम्झौता गरेको हो । तर, आर्सनलले कति समयको सम्झौता गरेको त्यो भने खुलाएको छैन ।
२० वर्षे मिडफिल्डर विल्लक आर्सनलकै एकेडमीमा हुर्किएका खेलाडी हुन् ।
सन् २०१७ सेप्टेम्बरमा आर्सनलमा डेब्यु गरेका विल्लकले यस सिजन ३ खेल खेलेका छन् ।