काठमाडौं । बाँकेको पश्चिम क्षेत्रमा हुन लागेको सर्वाधिक पुरस्कार राशीको फुटबल योगिनी कप फुटबल प्रतियोगितालाई नेपाल आईस वियरले मुख्य प्रायोजन गर्ने भएको छ ।
नेपालगन्जमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा सिजी ब्रुअरी (नेपाल) प्राली र आयोजक सहयोग आवाज नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
प्रतियोगिता संयोजक तरिन्द्र बहादुर थापा र सिजीका म्यानेजर उमेश निरौलाले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतापछि प्रतियोगिताको नाम नेपाल आइस योगिनी कप फुटबल प्रतियोगिता हुने भएको छ ।
यस्यतै प्रतियोगितामा सहभागी हुने योगिनी माविको ‘ए’ टिमलाई म्यानेजर उमेश निरौलाले जर्सी प्रायोजन गरेका छन । योगिनीको ‘बी’ टिमलाई निर्देशक, समाजसेवी, कलाकार खजुरा गाउँपालिका निवासी शेखर खनालले जर्सी र खेलकुद सामाग्री प्रायोजन गरेका छन ।
बाँके जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा गर्न लागिएको यस प्रतियोगितामा बाँके र बर्दियाका गरी ८ वटा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन ।
खजुरा–२ गौघाट स्थित योगिनी उच्च माविको खेल मैदानमा हुने प्रतियोगिता सविधान दिवसको अवसर पारेर असोज ३ गते देखी सुरु भइ असोज ७ गते सम्म चल्नेछ ।
प्रतियोगिताको विजेताले ५० हजार, दोस्रो हुनेले २५ हजार पाउने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार, विधागत रुपमा उत्कृष्ट गोलकिपर, फरवार्ड, मिडफिल्डर, डिफेन्स र प्रशिक्षक जनही ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।