काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा भईरहेको छ ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा जारी खेलमा नेपालले उज्वेकिस्तानविरुद्ध दुई गोल फर्काएको छ । ३ गोलले पछि परेको नेपालले ९० मिनेटमा पेनाल्टीमा दोस्रो गोल फर्काएको हो । नेपालका सावित्रा भण्डारीले पेनाल्टीमा गोल गरिन् ।
नेपाल र उज्वेकिस्तान दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।