काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा भईरहेको छ ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा जारी खेलमा नेपाल ३-० ले पछि परेको छ ।
पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप दुई गोल खाएको हो । खेलको ६४ औं मिनेटमा उज्वेकिस्तानले तेस्रो गोल गरेको छ ।
यसअघि नेपालले ५५ औं र ३९ औं मिनेटमा गोल खाएको थियो ।
नेपाल र उज्वेकिस्तान दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।