काठमाडौं । फरवार्ड नवयुग श्रेष्ठ र डिफेन्डर अजित भण्डारी राष्ट्रिय फुटबल टिमबाट बाहिरिएका छन् ।
निरन्तर ज्वरोले सताएपछि नवयुग र खेलको दौरान चोट बोकेपछि अजित टिमबाट बाहिरिएका हुन् ।
दुवै खेलाडीले विश्वकप छनोट अन्तर्गत चाईनिज ताईपेविरुद्वको खेल गुमाउनेछन् ।
बिरामीका कारण नवयुगले कुवेतविरुद्वको पहिलो लेगको खेल गुमाएका थिए । अजितले भने खेलको दौरान चोट बोकेका थिए ।
कुवेतविरुद्द खेलको ५४ औं मिनेटमा चोट बोक्दै अजित मैदानबाट बाहिरिएका थिए । अजितको स्थानमा दिनेश राजवंशी मैदान प्रवेश गरेका थिए । विमानस्थलबाट बाहिरिने क्रममा अजितले चाेट निकाे हुन करिब एक महिना लाग्ने खेलपाटीलाइ बताएका छन् ।

दुई मुख्य खेलाडी बाहिरिएपछि डिफेन्डर रवि सिलवाल र फरवार्ड विमल रानालाई टिममा बोलाईने भएको छ ।
दुवै खेलाडीको भिषा प्रक्रिया अघि बढाईएको एन्फा स्रोतले जानकारी दिएको छ ।
भिषा प्राप्त भएको खण्डमा रवि र विमलले चाईनिज ताईपेको भ्रमणमा निस्कनेछन् ।