एजेन्सी । ब्राजिलले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्बियासँग बराबरी खेलेको छ ।
शनिबार बिहान भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले कोलम्बियासँग २-२ गोलको बराबरी खेलेको हो ।

पहिलो हाफमा २-१ ले पछि परेको ब्राजिललाई खेलको दोस्रो हाफमा नेयमारले गोल हारबाट जोगाएका हुन् ।
खेलमा सुरुवाती अग्रता भने ब्राजिलले नै बनाएको थियो । खेलको १९ औं मिनेटमा कासिमिरोले गोल गर्दै ब्राजिललाई १-० को अग्रता दिलाएका थिए । तर, खेलको २५ औं मिनेटमा लुइस मुरिएलले गोल गर्दै कोलम्बियालाई खेलमा फर्काएका थिए ।

खेलको ३५ औं मिनेटमा मुरिएलले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई २-१ को अग्रता दिलाए । तर, खेलको ५८ औं मिनेटमा नेयमारले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएर ब्राजिललाई हारबाट जोगाए ।
कोपा अमेरिकाअघि चोट बोक्दै लामो समय मैदान बाहिर रहेका नेयमार कोलम्बियासँगको खेलबाट ब्राजिलियन टिममा फर्किएका हुन् ।
अर्को मैत्रीपूर्ण खेलमा मेक्सिकोले अमेरिकालाई ३-० ले हराएको छ ।
