काठमाडौं । राष्ट्रिय फुटबल टिमका स्ट्राइकर नवयुग श्रेष्ठले कुवेतविरुद्धको खेल गुमाउने सम्भावना रहेको छ ।
नेपालले सन् २०२२ मा एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकप छनोटको दोस्रो चरणमा भोली (विहीबार) कुवेतको सामना गर्दैछ ।
नेपाल र कुवेतबीचको खेल जविर अल अहमेद इन्टरनेश्नल रंगलाशामा रातको पौने ११ बजे सुरु हुनेछ ।
खेलको अघिल्लो दिन नवयुग श्रेष्ठको स्वास्थ अवस्था खराव देखिएकाले कुवेतविरुद्धको खेल गुमाउन सक्ने सम्भावना भएको हो ।
आईतबार कुवेत प्रस्थान गरेको नेपाली टिमका सदस्य नवयुग श्रेष्ठलाई ज्वेरोको समस्या देखापरेपछि कुवेतविरुद्ध मैदान उत्रने सम्भावना कम छ ।
स्विडिस प्रशिक्षक जोहान कालिनले कुवेतविरुद्धको खेलका लागि नवयुग श्रेष्ठसँगै विमल घर्ति मगर र अभिषेक रिजाललाई फरवर्डका रुपमा टाेलीमा समावेश गराएका छन् ।
नियमित कप्तान विराज महर्जन टिम बाहिर रहेकाले नेपाली टिमको कप्तान किरण चेम्जोङले गर्नेछन् ।
नेपाली टिम :
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई
फरवार्ड : विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ