काठमाडौं । किर्गीस्तानमा आयोजना हुने 'नादेझ्दा कप' फुटबलका लागि नेपालले राष्ट्रिय महिला टोलीको घोषणा गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार १८ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो ।
मुख्य प्रशिक्षक हरि खड्काले प्रतियोगिताका लागि १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट १८ सदस्सीय टोलीको घोषणा गरेका हुन् ।
प्रतियोगिताको नियम अनुसार १८ खेलाडी खेलाडी छनोट गरेको प्रशिक्षक खड्काले जानकारी गराए ।
एन्फाले यस प्रतियोगितालाई नेपालमा आयोजना हुने १३ औं सागको तयारीको रुपमा लिएको छ । नेपाली टिम बिहिबार त्यसतर्फ जाने छन् ।
नादेझ्दा कपमा आयोजक किर्गीस्तानसहित नेपाल, उज्बेकिस्तान र ताजिकिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले घरेलु टिमसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । पहिलो खेलमा नेपालले किर्गिस्तानसँग भदौ २२ गते खेल्नेछ ।
यस्तै दोस्रो खेलमा नेपालले भदौ २३ गते उज्वेकिस्तान र भदौ २४ गते ताजिकिस्तानसँग खेल्नेछ ।
लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । यस्तै तेस्रो र चौंथोले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल भदौ २६ गते हुनेछ ।
नेपाली टिम :
गोलकिपर : एन्जिला सुब्बा, अन्जना राना मगर
डिफेन्डर : हिरा कुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर,कविता धिमाल, अस्मिता जैसी
मिडफिल्डर : मन्जली कुमारी योन्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, दिपा राई, शरु लिम्बु
फरवार्ड : सावित्रा भण्डारी, अनिता केसी, रेखा पौडेल, निरु थापा, बिमला चौधरी, इन्दिरा राई
मुख्य प्रशिक्षक : हरि खड्का
सहायक प्रशिक्षक : अरुणा गुरुङ
गोलकिपर प्रशिक्षक : अस्मिता खवास
टिम म्यानेजर : पेमा लामा