एजेन्सी । म्यानचेस्टर युनाइटेडका डिफेन्डर आरोन वान बिसाका युरो कप छनोट खेल्ने इंग्ल्यान्डको टिमबाट बाहिरिएका छन् ।
प्रशिक्षणको दौरान चोट बोकेपछि बिसाका टिमबाट बाहिरिएका हुन् । मंगलबार सेन्ट जर्ज पार्कमा अभ्यासको दौरान बिसाकाले ढाडको चोट बोकेका थिए ।
पहिलो पटक इंग्ल्यान्डको सिनियर टिममा परेका बिसाका चोट बोकेपछि उपचारका लागि युनाइटेड फर्किएका छन् ।
यसअघि इंग्ल्यान्डले युरो कप २०२० को छनोट अन्तर्गत बुल्गेरिया र कोसोभोसँगको खेलका लागि घोषणा गरेको २४ सदस्सीय टिममा बिसाका अटाएका थिए ।
छनोट अन्तर्गत इंग्ल्याण्डले शनिबार बुल्गेरिया र मंगलबार कोसोभोसँग खेल्नेछ ।