एजेन्सी । कोलम्बियाका फरवार्ड राडामेड फाल्काओ टर्किस क्लब गालातासारेमा अनुबन्धित भएका छन् ।
फ्रेन्च क्लब मोनाकोका फरवार्ड फाल्काओलाई गालातासारेले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
३३ वर्षीय कोलम्बियन फाल्काओले गालातासारेसँग ३ वर्षे सम्झौता गरेका छन् ।
![]()
फाल्काओले सन् २०१६ मा एथ्लेटिको मड्रिडबाट मोनाको आएका छन् । मोनाकोबाट उनले एक सिजन लिग वानको उपाधि जितेका थिए ।
यस्तै उनले सन् २०१४/१५ को सिजन इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट समेत लोनमा खेलेका थिए ।