एजेन्सी । युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी दशौं पटक पोर्चुगलको 'प्लेयर अफ दि इयर' अवार्ड जितेका छन् ।
सन् २०१८ को वर्ष पोर्चुगलको उत्कृष्ट खेलाडी घोषित हुँदै रोनाल्डोले 'प्लेयर अफ दि इयर' अवार्ड पाएका हुन् । अवार्ड जित्ने क्रममा रोनाल्डोले जोया फ्लिक्स र बर्नार्डो सिल्भालाई पछि बनाए ।

पोर्चुगल फुटबल फेडेरसनले सोमबार राति आयोजित एक बिशेष कार्यक्रमलाई रोनाल्डोलाई अवार्ड प्रदान गरेको छ । यस अवार्ड १० पटक जित्ने रोनाल्डो एक्ला खेलाडी हुन् ।
३४ वर्षे रोनाल्डोले सन् २००७ बाट पोर्चुगलको वर्ष खेलाडी अवार्ड जित्दै आएका छन् । त्यसबीचमा रोनाल्डोले सन् २०१० र २०१४ मा मात्र अवार्ड जित्न सकेनन् ।

यस्तै महिलातर्फको वर्ष खेलाडी अवार्ड जेसिका सिल्भाले जितिन् ।
वर्ष पुरुष प्रशिक्षक ब्रुनो लागे, महिला प्रशिक्षक मिगुल सान्तोसले जिते । त्यस्तै टिम अफ दि इयर महिला र पुरुष दुवै अवार्ड बेन्फिकाले जितेको छ ।