काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द आज नेपाल आईपुग्ने भएका छन् ।
इन्डोनेसियाको लिग वानमा पर्सिजा जकार्ताबाट व्यवसायिक फुटबल खेलिरहेका रोहित राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागिता जनाउन स्वदेश फर्कन लागेका हुन् ।
कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि रोहित नेपाल आउन लागेको रोहितका दाजु रोबिन चन्दले खेलपाटीलाई जानकारी गराए । रोहित दिउँसो २ बजे नेपाल आईपुग्ने छन् ।
रोहित शुक्रबारबाट टिमको बन्द प्रशिक्षणमा सामेल हुनेछन् ।
पहिलो पटक सिधै दोस्रो चरणको छनोट खेल्न पाएको नेपालले भदौ १९ गते कुवेतसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।
छनोटमा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा विश्वकप खेलिसकेको अष्ट्रेलिया सहित जोर्डन, कुवेत र चाईनिज ताईपे रहेका छन् ।
साविकको विजेता समेत रहेको रोहितको टिम जकार्ताले यस सिजन खराब प्रदर्शन गरिरहेको छ । जाकार्ताले १३ खेलबाट १४ अंक जोडेको र लिगको १५ औं स्थानमा छ ।