• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'देशको कप्तानी गर्न पाउँदा गौरवान्वित छु'
नमीन ढकाल
बिहीबार, भदौ १२, २०७६ नमीन ढकाल
'देशको कप्तानी गर्न पाउँदा गौरवान्वित छु'

काठमाडौं । राष्ट्रिय फुटबल टिमका नयाँ कप्तान सुजल श्रेष्ठको नेतृत्वमा नेपालले यसै हप्ता मलेसियन लिग च्याम्पियन जोहोर साउदर्न टाइगर्स एफसीसँग मैत्रिपूर्ण खेल खेल्यो ।

मलेसियामा भएको खेलमा नेपाली टिम मलेसियन सुपर लिग च्याम्पियन जोहोरसँग १–० गोल अन्तरले पराजित भयो । जोहारका निकोलस अवर्टाेले खेलको तेस्रो मिनेटमा गरेको गोलनै खेलमा निर्णायक गोल बन्यो ।

पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । तर, दोस्रो हाफमा गोल फर्काउन असफल भएको नेपाल जोहोरलाई नतिजा सुम्पन बाध्य भयो ।

मलेसियन क्लबसँग पराजित भएपनि सुजलका लागि मलेसिया भ्रमण भने बिशेष रह्यो । सुजलले पहिलो पटक राष्ट्रिय टिमको आर्म ब्याण्ड लगाउन पाए । पहिलो पटक देशको टिमलाई नेतृत्व गर्न पाएकोमा सुजललाई गर्व लागेको छ ।

‘यसरी देशको लागि आर्म ब्याण्ड लगाउन पाउँछु भनेर सोचेको थिईन । पहिलो पटक देशको कप्तानी गर्न पाए । गर्वको कुरा हो यो  । म धेरै खुसी छु,’ मलेसियाबाट स्वदेश फर्किएपछि सुजलले भने, ‘जित निकाल्न सकेनौं यद्यपि खेल भने राम्रो खेलेका थियौं । समग्र रुपमा मलेसिया भ्रमण राम्रो रह्यो ।’ 

नियमित कप्तान विराज महर्जन, उपकप्तान किरण कुमार लिम्बुसँगै अनुभवी खेलाडी रोहित चन्द टिम बाहिर रहनुनै सुजलको लागि बिशेष बन्न पुग्यो ।

विराज फिटनेस समस्याका कारण टिम बाहिर रहन पुगे । यस्तै किरण जापानी क्लबमा ट्रायल दिन गएका थिए भने रोहित इन्डोनेसियाको लिगमा व्यस्त छन् ।

यी तीनै खेलाडीको अनुपस्थितिमा स्विडिस प्रशिक्षक जोहान कालिनले सुजललाई नेतृत्व गर्ने जिम्मा दिएका थिए । सुजलले प्रशिक्षकको रोजाईलाई न्याय दिन प्रयास गरे ।

मलेसियन क्लबसँग पराजित भएपनि टोलीको प्रदर्शनबाट प्रशिक्षक खुशी रहेको सुजलको भनाई छ । ‘कोचले पनि यस अघिका चार खेलभन्दा यो खेल निकै राम्रो मानेका छन् । त्यसैले विश्वकप छनोट दोस्रो चरण अघि केहि राम्रो तयारी रह्यो ।’ सुजलले भने ।

Image may contain: 1 person, playing a sport and outdoor

कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप र चीनमा सन् २०२३ मा आयोजना हुने एएफसी एसियन कपको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

पहिलो पटक सिधै दोस्रो चरणको छनोट खेल्न पाएको नेपाल छनोटको समूह 'बी' मा रहेको छ । नेपालको समूहमा विश्वकप खेलिसकेको अष्ट्रेलिया सहित जोर्डन, कुवेत र चाईनिज ताईपे रहेका छन् ।

नेपालले भदौ १९ गते कुवेतसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

कुवेतसँगको खेलका लागि नेपाली टिम मलेसियाबाट फर्के लगत्तै पुनः तयारीमा जुटिसकेको छ । प्रशिक्षक कालिनले खेलाडीलाई आराम नगराई तयारी थालेको हो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP