काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानमा बराबरी खेलेको छ ।
बुधबार भएको खेलमा जकार्ताले पीएसएम माकासारसँग गोलरहित बराबरी खेलेको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि गोल गर्न नसक्दा जकार्ता घरेलु मैदानमा बराबरीमा रोकिएको हो ।
माकासारविरुद्धको खेलमा रोहित प्लेईङ-११ मा रहेका थिए ।
बराबरीसँगै साविकको विजेता समेत रहेको जकार्ताले १३ खेलबाट १४ अंक जोडेको छ । जकार्ता लिगको १५ औं स्थानमा छ ।
माकासारको १२ खेलबाट २० अंक रहेको छ । माकासार लिगको आठौं स्थानमा रहेको छ ।