एजेन्सी । स्वीडेनका भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोबिचले इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडले चाहेमा आफु क्लब फर्कन तयार रहेको बताएका छन् ।
अमेरिकी लिग मेजर लिग सकर (एमएलएस) क्लब एलए ग्यालेक्सीका स्ट्राइकर इब्राहिमोबिचले क्लबले चाहे आफु नोभेम्बरपछि क्लब आउन तयार रहेको बताएका हुन् ।
'म सहजै इन्ग्लिश प्रिमियर लिग खेल्न सक्छु । त्यसैले युनाईटेड चाहन्छ भने म यहाँ छु । तर, ग्यालेक्सीले चाहे, मलाई माफ गर्दिनुहोस्,' इब्राहिमोबिचले भने ।
आगामी नोभेम्बरपछि इब्राहिमोबिचले एलए ग्यालेक्सी छाड्दै छन् ।
इब्राहिमोबिचले सन् २०१६/१७ को सिजन युनाईटेडबाट २८ गोल गरेका थिए ।