काठमाडौं । बाँकेले प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाकाे बेलझुण्डी रंगशालामा बुधबार भएको खेलमा नवलपरासीलाई ३-१ गोल अन्तरले पराजित गर्दै बाँकेले अपराजित यात्रा कायम राखेको हो ।
बाँकेलाई जित दिलाउन संजीव थापा, विक्रम सिंह ठकुरी र रवि जिएमले एक एक गोल गरे । नवलपरासीका सनम सारु मगरले एक गोल फर्काए ।
जितसँगै अपराजित रहेको बाँके लिगको शीर्ष स्थानमा यथावत रहन सफल भएको छ ।
नेपाल फुटबल संघ एन्फाको आयोजना तथा दाङ जिल्ला फुटबल संघको संयोजनमा जारी मुख्यमन्त्री फुटबल प्रतियोगिता लिगमा दाङ, बाँके, बर्दिया, रुपन्देही, नवलपरासी र रोल्पा गरि कुल ६ जिल्लाको सहभागिता रहेको छ ।