काठमाडौं । भारतमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले आज (मंगलबार) बलियो टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
भारतको कल्याणीमा नेपालले तेस्रो खेलको रुपमा बंगलादेशसँग खेल्न लागेको हो । नेपालले दिउसो ३:१५ बजेपछि बंगलादेशसँग खेल्नेछ ।
कल्याणी रंगशालामा मैदान उत्रदा नेपाल स्पष्ट जितको खोजीमा हुनेछ । किनकी उपाधि जित्ने लक्ष्य लिएको नेपाललाई शीर्ष दुईमा पर्दै फाइनलमा स्थान बनाउन बंगलादेशविरुद्ध स्पष्ट जित आवश्यक छ ।
नेपाल तालिकाको तेस्रो स्थानमा रहेको छ । नेपालले २ खेलबाट ३ अंक जोडेको छ । ६ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । शीर्ष स्थानको भारतको पनि ६ अंक रहेको छ ।
नेपाल पहिलो खेलमा भारतसँग ५-० गोल अन्तरले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपालले श्रीलंकालाई २-० ले हराएको थियो ।
नेपालले बंगलादेशपछि न्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् ।
राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।