काठमाडौं । मलेसियाको लिग च्याम्पियन जोहोर डारुल टाजिम एफसीविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल पहिलो हाफमा १-० गोल अन्तरले पछि परेको छ ।
सुजल श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको नेपाल पहिलो हाफ सकिदा १–० गोल अन्तरले पछि परेका हो ।
जोहोरविरुद्ध नेपालले सुरुवातमै गोल खाएको थियो । नेपालले खेलको तेस्रो मिनेटमै गोल खाएको हो । डिबक्स बाहिर फ्रिकिक पाएको जोहोरका निकोलस अवर्टाेले उत्कृष्ट गोल गरेका थिए ।
प्रशिक्षक जोहान कालिनले जोहोरविरुद्ध ४–५–१ को फर्मेसनमा टिम मैदान उतारेका छन् ।
कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
छनोटमा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।
नेपालले कुवेतसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।