काठमाडौं । मलेसियाको जोहोर डारुल टाजिम एफसीविरुद्ध मैत्रीपूर्ण खेल खेलिरहेको नेपालले सुरुवातमै गोल खाएको छ ।
मलेसियाको लिग च्याम्पियन जोहोरले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेको हो । जोहोरका निकोलस अवर्टाेले फ्रिकिक मार्फत गोल गरे ।
कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
छनोटमा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।
नेपालले कुवेतसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।