काठमाडौं । मलेसियन क्लबविरुद्व मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टिमको प्लेईङ सेट सार्वजनिक भएको छ ।
विश्वकप छनोट खेल्ने तयारीमा रहेको नेपालले मलेसियन लिग च्याम्पियन जोहारविरुद्व आज मैत्रीपूर्ण खेल खेल्दैछ ।
मुख्य प्रशिक्षक योहान कालिनले मैत्रीपूर्ण खेलका लागि सुरुवाती ११ खेलाडी सार्वजनिक गरेका छन् ।
मुख्य प्रशिक्षक कालिनले एक्लो फरवार्डको रुपमा विमल घर्तिमगरलाई खेलाउने निर्णय लिएका छन् । यस्तै मिडफिल्डमा सुजल श्रेष्ठ, सन्तोष तामाङ, बिक्रम लामा, बिशाल राई र रबि पासवानलाई खेलाउने निर्णय लिएका छन् ।
डिफेन्डरमा सुमल अर्यालसंगै देबेन्द्र तामाङ, अनन्त तामाङ र अजित भण्डारी रहेका छ ।
गोलकिपरमा विकेश कुथुले नेपाली गोल पोस्ट सम्हाल्नेछन् ।
खेल नेपाली समय अनुसार ६ : ३० मा सुरु हुनेछ ।
प्लेईङ सेट :
गोलरक्षक : विकेश कुथु
डिफेन्डर : सुमन अर्याल, देबेन्द्र तामाङ, अनन्त तामाङ, अजित भण्डारी
मिडफिल्डर : सुजल श्रेष्ठ, विक्रम धिमाल, सन्तोष तामाङ, विशाल राई,रवि पासवान
स्ट्राइकर : विमल घर्ति मगर
