एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा एसी मिलानले हारबाट नयाँ सिजनको सुरुवात गरेको छ ।
आइतबार राति भएको सिजनको पहिलो खेलमा मिलान उडिनेससँग १-० गोल अन्तरले पराजित भएको छ ।
घरेलु मैदानमा उडिनेसलाई जित दिलाउन रोड्रिगो बेकाओले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७२ औं मिनेटमा रोड्रिगोले गोल गरेका थिए ।
खेल अवधिभर बल पोजिसनमा पकड जमाएपनि मिलानले गोल गर्न सकेनन् ।
जितसँगै उडिनेसले ३ अंकबाट सिजनको सुरुवात गरेको छ । मिलानको भने खराब सुरुवात भयो ।
सिरी 'ए' अन्तर्गत नै रोमाले जिओनासँग ३-३ गोलको बराबरी खेल्दै अंक बाडेको छ । लाजियोले साम्पडोरियालाई ३-० ले हराएको छ ।