एजेन्सी । नयाँ सिजनको संघारमा रियल मड्रिडका स्टार ईडेन हजार्डले चोट बोेकेका छन् । तिघ्रामा चोट बल्झिएपछि हजार्डको ला लिगाको डेब्यु केही समय पछाडी धकेलिने भएको हो ।
रियल मड्रिडले शनिबार सेल्टा भिगोसंग खेल्दै लिगको सुरुवात गर्दैछ ।
हजार्ड नयाँ सिजनका लागि सय मिलियन युरोमा लण्डन क्लबबाट स्पेनिस क्लब आएका थिए ।
रियलले आफ्ना स्टार खेलाडीले चोट बोकेको पुष्टि गर्दै केही हप्ता मैदान बाहिर रहने बताएको छ ।
‘क्लबको मेडिकल टिमद्वारा प्रशिक्षणपछि गरिएको परिक्षणमा हाम्रा खेलाडी हजार्डको तिघ्रामा चोट देखिएको छ ।’ क्लबले भनेको छ ।

प्रशिक्षक जिनेदिन जिदानले समेत हजार्ड कम्तिमा तीन वा चार हप्ता मैदान बाहिर रहने बताएका छन् ।
हजार्डले पहिलो अन्तराष्ट्रिय विश्रामपछि मात्र क्लब खेलमा फर्कने सक्ने सम्भावना छ ।
रियलले सेल्टाभिगोसंगै रियल भालाडोलिड र भिल्ला रियलसंग लिग खेल खेल्नेछ । सिजनको पहिलो ‘होम गेम’को रुपमा सेप्टेम्बर १४ मा लेभान्तेविरुद्व खेल्नेछ ।
अब प्रशिक्षक जिदानले क्लबको आक्रमण लाईनको विकल्प हेर्न सुरु गरेका छन् । उनले ग्यारेथ वेल र जेम्स रोड्रिग्वेजलाई क्लबमा समावेश गरिने बताएका छन् ।
दुवै खेलाडी यसअघि क्लब छाड्ने सम्भावनाबाट घेरिएका थिए ।

जिदानले भनेका छन्, ‘उनले क्लब छाड्ने देखिएको थियो । तर उनी अब हामीसंग हुनेछन् ।’
‘चिज परिवर्तन भएको छ । म उनीसंग धेरै भन्दा धेरै खेलाडीलाई प्रयोग गर्नेछु । मसंग भएका सबै खेलाडीलाई मैले प्रयोग गर्नेछु ।’ उनले थपे ।
कोलम्बियन स्टारको बिषयमा जिदानले भने, ‘उनी फिट छन् । उनी हामी संगै भएकोमा खुसी छौ ।’
‘म फेरी पुरानै कुरा दोह¥याउन चाहन्छु, मसंग ठुलो टिम छ । म सबै खेलाडीको प्रयोग गर्नेछु । त्यहाँ सबै खुसी हुनेछन् ।’ हजार्डले भने ।