काठमाडौं । एसएनकेसी (ओडी यल्लो) प्रथम मोसेन खान स्मृति भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
एसएनकेसीले आरवाईसी, सामाखुशीलाई ४–१ गोलले पराजित गर्यो । विजेताका नितेन गुरुङ, निमा लामा, सरोज थापा र विभोर गुरुङले गोल गरे । आरसीवाईसीका देउमान तामाङले सान्त्वना गोल फर्काए । एसएनकेसीका राजेश साहिल ‘म्यान अफ द म्याच’ घोषित भए ।
फाइनलमा एसएनकेसीको भेट बनेपा ब्वाइज क्लबसंग हुनेछ । अर्को सेमिफाइनलमा बनेपाले बौद्ध टुसाल भेट्रानलाई १–० गोलले हरायो । ‘म्यान अफ द म्याच’ अमिन शाक्यले निर्णायक गोल गरे ।