एजेन्सी । आर्सनलका प्रशिक्षक उनाई ईम्रिले मिडफिल्डर मोसिट ओजिल र डिफेन्डर सिड कोलासिनाच खेल्नका लागि मानसिक रुपमा तयार रहेको बताएका छन् ।
लण्डन क्लबका प्रशिक्षक ईम्रिले शनिबार वर्नलीविरुद्व हुने खेलमा दुवै खेलाडी मैदान उत्रने बताएका हुन् ।
दुवै खेलाडी सिजनको पहिलो खेलमा न्युक्यासलविरुद्व अनुपस्थित थिए । सुरक्षाको कारण देखाउँदै दुवै खेलाडीले पहिलो खेल खेल्न नसक्ने बताएका थिए ।
अब दुवै खेलाडी आर्सनलको अभ्यासमा समेत फर्किएका छन् ।
दुवै खेलाडी जेम्स पार्कमा भएको खेलमा सुरक्षाका कारण अनुपस्थित रहने बताएका थिए ।
‘खेलाडी र उनका परिवारको हित हाम्रो सधै प्राथमिकतामा पर्छ ।’ सो समय क्लबले जारी गरेको बिज्ञप्तीमा भनिएको थियो । 'हामीले यो निर्णय खेलाडी र तीनका प्रतिनिधिसंग छलफल गरेका लिएका हौ ।' क्लबले थपेको थियो ।
खेल अगाडी प्रशिक्षक ईम्रिले दुवै खेलाडी मैदानमा फर्किएको बताए । उनले दुवै खेलाडी अहिले खेलमा केन्द्रित रहेको समेत जानकारी दिए ।
'मेरो ध्यान सकारात्मक हुनुमा छ । र खेलाडीहरु सय प्रतिशत केन्द्रित छन् । मैले तिनीहरुलाई सामान्य रहन, प्रशिक्षणमा रहन, सोच्न र खेलमा केन्द्रित हुन मदत गरिरहेको छु ।' ईम्रिले भनेका छन् ।
दुई साता अघि इंग्ल्याण्डको लण्डनस्थित एक सडकमा हतियारधारी समूहले ओजिल र कोलासिनाचलाई लुट्ने प्रयास गरेका थिए । तर, लुटेराहरुको प्रयास विफल भएको थियो ।
ओजिल र कोलासिनाचले बहादुरीपूर्ण तरिकाले लुटेराको समूहलाई लखेट्न सफल भएका थिए ।