एजेन्सी । इटालीका लिजेण्ड ड्यानीयल डे रोसीले अर्जेन्टिनी क्लब बोका जुनियर्सको डेब्यु खेलमा गोल गरेका छन् ।
कोपा अर्जेन्टिना अन्तर्गत अल्माग्रोविरुद्ध डेब्यु गरेका रोसीले डेब्यु खेलमै गोल गरेका हुन् । तर, खेलमा बोका जुनियर्स पराजित भएको छ । खेलमा बोका जुनियर्स अल्माग्रोसँग पेनाल्टी सुटआउटमा ३-१ ले पराजित भयो ।
खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टीअघि रोसीले २७ औं मिनेटमा गोल गर्दै बोका जुनियर्सलाई अग्रता दिलाएका थिए । तर, खेलको ८२ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अल्माग्रोलाई खेलमा फर्काएका थिए ।
इटालियन क्लब रोमाका लिजेण्ड तथा पूर्व मिडफिल्डर रोसी यसै सिजन क्लबमा आएका हुन् ।
३६ वर्षे रोसीले रोमाका लागि ६१६ खेलमा ६३ गोल गरेका थिए । सन् २००६ मा इटालीले विश्वकप जित्दा टिममा रहेका रोसीले इटालीबाट ११७ खेल खेलेका छन् ।