एजेन्सी । युईएफए सुपर कप फुटबलको उपाधि भिडन्त आज (बुधबार) हुँदैछ । फाइनलमा दुई इन्ग्लिश क्लब लिभरपुल र चेल्सीबीच प्रतिस्पर्धा हुनेछ ।
टर्कीको स्तानबुलमा हुने लिभरपुल र चेल्सीबीचको फाइनल खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । र, भोडाफोन एरिनामा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
जोर्गेन क्लोपको नेतृत्वमा रहेको लिभरपुल चौंथो पटक उपाधि जित्ने योजनामा हुनेछन् । यसअघि ३ पटक सुपर लिगको उपाधि जितिसकेको लिभरपुल उत्कृष्ट लयमा समेत रहेको छ ।
लिभरपुलले नयाँ सिजनको प्रिमियर लिगमा उत्कृष्ट सुरुवात समेत गरिसकेको छ । लिभरपुलले नर्विचलाई ४-१ ले हराएको थियो ।
तर, सुपर कपमा लिभरपुललाई पहिलो रोजाईको गोलकिपर एलिसन बेकरको अभाव रहनेछ । प्रिमियर लिगको पहिलो खेलमा चोट बोकेका एलिसनले सुपर कप गुमाउने छन् ।
यता, फ्रान्क लाम्पार्डको चेल्सी पहिलो पटक सुपर लिग जित्ने लक्ष्यमा रहेको छ । अहिलेसम्म चेल्सीले सुपर कप जित्न सकेको छैन ।
तर, चेल्सीलाई मुख्य खेलाडी नहुँदा समस्या हुनेछ । मिडफिल्डर एन'गालो कान्टो चोटका कारण उपलब्ध हुने छैन ।
प्रिमियर लिगमा खराब सुरुवात गरेको चेल्सी लिभरपुलसँग थप शतर्क भएर खेल्नेछ । सिजनको पहिलो खेलमा चेल्सी म्यानचेस्टर युनाईटेडसँग ४-० ले पराजित भएको थियो ।