काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले किर्गिस्तानमा आयोजना हुने 'नादेझ्दा कप' फुटबल प्रतियोगिता खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टिमले चार टिम सम्मलित 'नादेझ्दा कप' प्रतियोगिता खेल्ने जनाएको छ । प्रतियोगितामा नेपाल, किर्गिस्तान, उज्बेकिस्तान र ताजिकिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता सेप्टेम्बर ६ देखि १३ सम्म हुनेछ ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) गेम्सको तयारी स्वरूप नेपालले उक्त प्रतियोगिता खेल्न लागेको हो ।