काठमाडौं । आरसीवाइसी प्रथम मोसेन खान स्मृति भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आरसीवाइसीले भण्मिण्डललाई १–० गोलले पराजित गर्यो । आरसीवाइसीका सल्यान खड्गी ‘म्यान अफ द म्याच’ घोषित भए ।
अर्को खेलमा एसएनकेसीले बानेश्वर युनाइटेडलाई ३–० गोलले हरायो । एसएनकेसीका निमा लामा ‘म्यान अफ द म्याच’ बने ।