एजेन्सी । जर्मन क्लब वायर्न म्युनिखले क्रोएसियाका विंगर इभान पेरिसिचलाई अनुबन्ध गरेको छ ।
वायर्नले इटालियन क्लब इन्टर मिलानबाट ३० वर्षे पेरिसिचलाई लोनमा अनुबन्ध गरेको हो ।
विश्वकप उपविजेता टोलीका अट्याकिङ मिडफिल्डर पेरिसिचलाई वायर्नले एक वर्षको लागि अनुबन्ध गरेको हो ।
वायर्नमा अनुबन्ध भएपछि बोल्दै पेरिसिचले जर्मनी फर्किएका आफु निकै खुसी भएको बताए ।
यसअघि पेरिसिचले बोरुसिया डर्टमण्ड र वुल्फवर्गबाट खेलिसकेका छन् ।
पेरिसिचले इन्टरबाट १४१ खेलमा ३७ गोल गरेका थिए ।
क्रोएसियाबाट उनले ८२ खेलमा २३ गोल गरेका छन् ।