एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब वुल्भ्सका पूर्व विंगर माइकल काइट्लीले फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
इंग्ल्याण्डको तेस्रो डिभिजन क्लब साउथइन्ड युनाईटेडका विंगर काइट्लीले ३३ वर्षकै उमेरमा फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
उमेर समूहबाट इंग्ल्याण्डको प्रतिनिधित्व गरिसकेका काइट्लीले प्रिमियर लिगमा ४२५ खेल खेलेका थिए । उनले वुल्भ्सपछि स्टोक सिटी र बर्नलीबाट शीर्ष डिभिजन लिग खेलेका थिए ।
'मेरो करियर निकै उत्कृष्ट रह्यो । तर, मैले यो निकै कठिन निर्णय गरेको छु,' सन्यास घोषणा गर्दै काइट्लीले भने ।
वुल्भ्सले २००८/९ को सिजन च्याम्पियनसिप जित्दा काइट्लीले मुख्य भूमिका निर्वाह गरेका थिए ।