एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलका गोलकिपर एलिसन बेकर केहि साता मैदान बाहिर रहने भएका छन् ।
इन्ग्लिश प्रिमियर लिग अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा चोट बोकेपछि एलिसनले केहि साता मैदान बाहिर बस्नु पर्ने भएको छ ।
ब्राजिलियन गोलकिपर एलिसन शनिबार भएको नर्विचविरुद्धको खेलमा घाइते भएका थिए । पहिलो रोजाईका गोलकिपर एलिसनले पिडुलाको चोट बोकेका थिए ।
एलिसन पहिलो हाफको ३९ औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिएका थिए । उक्त खेलमा लिभरपुलले ४-१ को जित निकालेको थियो ।

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले एलिसन केहि साता मैदान बाहिर रहने पुष्टि गरेका छन् ।
२६ वर्षीय अब एलिसनले चेल्सीविरुद्ध हुने युईएफए सुपर कपको फाइनल गुमाउने छन् ।