काठमाडौं । बनेपा ब्वाइज क्लब प्रथम मोसेन खान स्मृति भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा बनेपाले सिन्धु स्पोर्ट्सलाई पेनाल्टीमा ३–२ गोलले पराजित गर्यो । निर्धारित ४० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । बनेपाका भवसागर रन्जित ‘म्यान अफ द म्याच’ घोषित भए ।
चावहिल खान परिवारको सहयोगमा भइरहेको प्रतियोगितामा बौद्ध टुसाल भेट्रानले आयोजक चावहिललाई टाइब्रेकरमा २–० गोलले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । बौद्धका धर्मेन्द्र लामा ‘म्यान अफ द म्याच’ बने ।