काठमाडौं । स्पेनिस स्ट्राइकर इनाकी विलियम्सले एथ्लेटिको बिल्बाओसँग ९ वर्षको लामो सम्झौता गरेका छन् ।
विलियम्सले ला लिगा क्लब बिल्बाओसँग सोमबार नयाँ सम्झौता गरेका छन् । सम्झौतासंगै विलियम्स सन् २०२८ सम्म बिल्बाओमा रहने छन् ।
२५ वर्षे विलियम्स सन् २०१४ मा बिल्बाओको सिनियर टिममा डेब्यु गरेका थिए ।
विलियम्सले बिल्बाओबाट २०४ खेलमा ४९ गोल गरेका छन् ।