काठमाडौं । ललितपुरको गोदावरीमा १६ औं संस्करणको दिनेश स्मृति कप गाईजात्रा फुटबल प्रतियोगिता बिहिबारबाट सुरु हुने भएको छ ।
नमुना खेलकुद क्लबको आयोजनामा हुने प्रतियोगिता साउन ३० र ३१ गते हुनेछ ।
प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै आयोजकले यस पटक सेमिफाइनलमा पराजित भएका टोलीहरुबीच पेनाल्टी सुटआउट प्रतियोगिता गराउने समेत जनाएको छ । पेनाल्टी सुटआउट विजेतालाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
गोदावरी खेल मैदानमा आयोजना हुने प्रतियोगिता ४० मिनेटको हुनेछ ।