एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले प्रि-सिजनको अन्तिम खेलका लागि फरवार्ड ग्यारेथ बेललाई टिममा बोलाएको छ ।
प्रि-सिजन टुर अन्तर्गत अन्तिम खेलमा रियलले आज (आइतबार) राति इटालियन क्लब रोमासँग खेल्दैछ । उक्त खेलका लागि रियलले बेललाई २० सदस्सीय टोलीमा राखेको छ ।
पछिल्लो समय ३० वर्षे फरवार्ड बेल रियलको टिममा पर्न असफल हुँदै आएका छन् । मुख्य प्रशिक्षक जिनेदान जिदानसँग सम्बन्ध चिसिएपछि बेल टिम बाहिर रहदै आएका छन् ।
यस्तै चिनियाँ क्लब जाने उनको चाहनालाई रियलले नकारेपछि बेलको क्लबसँगको सम्बन्ध थप चिसिएको छ ।
रोमासँगको खेलका लागि रियलको टिममा जेम्स रोड्रीगेज भने अटाएका छैनन् ।