एजेन्सी । पोर्चुगिज प्रशिक्षक जोसे मोरिन्हो फुटबल विश्लेषकको रुपमा स्पोर्ट्स टेलिभिजन स्काई स्पोर्ट्ससँग आबद्द भएका छन् ।
इन्ग्लिश प्रिमियर लिगको ब्रोडकास्टर समेत रहेको स्काई स्पोर्ट्सले मोरिन्हो फुटबल पण्डितको रुपमा टिममा आबद्द भएको अनाएको छ ।
स्काई स्पोर्ट्समा आबद्द भएसँगै मोरिन्होले प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाईटेड र चेल्सीबीचको खेलको विश्लेषण गर्नेछन् । युनाईटेड र चेल्सीबीचको खेल आइतबार (आज) राति ओल्ड ट्राफोर्डमा हुनेछ ।
मोरिन्हो युनाईटेड र चेल्सीका पूर्व प्रशिक्षक समेत हुन् । मोरिन्होले तीन पटक प्रिमियर लिग जितेका छन् ।
गत सिजन युनाईटेडबाट बर्खास्तमा परेपछि मोरिन्हो क्लब विहीन रहदै आएका थिए ।
मोरिन्होले अब स्काई स्पोर्ट्समा पूर्व खेलाडी ग्यारी नेभिल, जेमी कारघर, ग्रेमी सउनेस र जेमी रेडन्यापसँग मिलेर खेलको विश्लेषण गर्ने छन् ।