एजेन्सी । ह्यारी केनको दुई गोलको मदतमा टोटेनहमले ईङ्लिस प्रिमियर लिग फुटबलमा सुखद सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा टोटेनहमले एस्टन भिल्लालाई हराएको हो ।
टोटेनहमको घरेलु मैदानमा भएको खेलमा केनले दुई गोल गरेपछि एस्टन भिल्ला ३–१ गोल अन्तरले पराजित भयो ।
उपाधिका अन्य दाबेदार लिभरपुलले नर्विच सिटीलाई ४–१ र म्यानचेष्टर सिटीले वेस्ट ह्यामलाई ५–० गोल अन्तरले हराएको थिए ।
टोटेनहम भने घरेलु मैदानमा यसै सिजन प्रिमियर लिगमा बढुवा भएको भिल्ला क्लबसंग पराजित हुने संघारमा थियो । तर खेलको अन्तिम १७ मिनेटमा तीन गोल गर्दै टोटेनहमले आफ्नो साख जोगाउन भने सफल रह्यो ।
जोन म्याकगिनले खेलको नवौ मिनेटमा गोल गर्दै एस्टन भिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए ।

तान्गे नेडोम्बेले ७३ औ मिनेटमा घरेलु टोलीलाई बराबरीको स्थितीमा ल्याए । ८६ औ मिनेटमा केनले गोल गर्दै टोटनहमलाई जितको बाटोमा अग्रसर बनाए । खेलको अन्तिम मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोटेनहमको जित सुनिश्चित गराए ।

जितसंगै टोटनहमले ३ अंंक जोडेको छ । नवप्रवेशी भिल्ला क्लब पहिलो खेलमा अंक जोड्न असफल भएको छ ।