काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानमा बराबरी खेल्दै अंक बाडेका छन् ।
शनिबार भएको खेलमा जकार्ताले भयाङकारा एफसीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा जकार्ताले बराबरी खेलेको हो ।
खेलको २८ औं मिनेटमा मार्को सिमिकले गोल गर्दै जकार्तालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४१ औं मिनेटमा एण्डरसनले गोल गर्दै भयाङकारालाई खेलमा फर्काएका थिए ।
भयाङकाराविरुद्धको खेलमा रोहितले पुरै ९० मिनेट मैदानमा बिताएका थिए ।
यो बराबरीसँगै जकार्ताले ९ खेलबाट ८ अंक जोडेको छ । साविकको विजेता समेत रहेको जकार्ता लिगको १७ औं स्थानमा रहेको छ ।
भयाङकाराको १३ खेलबाट १७ अंक रहेको छ ।