काठमाडौं । सिन्धु स्पोर्ट्सले प्रथम मोसेन खान स्मृति सिक्स 'ए' साइड भेट्रान कप फुटबल प्रतियोगितामा जित हात पारेको छ ।
चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा सिन्धुले थापा गाउँलाई ४–१ गोलले पराजित गर्यो । सिन्धुका जिवेश पाण्डे ‘म्यान अफ द म्याच’ घोषित भए ।
चावहिल खान परिवारको सहयोगमा भइरहेको प्रतियोगितामा सानो गौचरण नाइट किङ क्लब तथा बनेपा ब्वाइज क्लबले पनि सफलता पाए ।
सानो गौचरणले कैलाली भेट्रानलाई ४–१ गोलले हरायो । सानो गौचरणका नितेन गुरुङ ‘म्यान अफ द म्याच’ बने । बनेपाले किङ कम स्पोर्ट्स क्लबलाई १–० गोलले पाखा लगायो । बनेपाका विक्रम श्रेष्ठ ‘म्यान अफ द म्याच’ भए ।
१६ टिम सहभागी नकआउट प्रतियोगितामा जितसंगै तीनै विजेता टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
साउन ३२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।