एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका विंगर लोरी साने ६ महिना मैदान बाहिर रहने भएका छन् ।
कम्युनिटी शिल्ड अन्तर्गत लिभरपुलविरुद्धको खेलमा चोट बोकेपछि सानेले ६ महिना मैदानबाहिर बस्नु पर्ने भएको छ ।
गत आइतबार भएको कम्युनिटी शिल्डको फाइनलमा सानेले दाहिने घुँडाको चोट बोकेका थिए । जर्मनीका सानेको घुँडाको लिगामेन्ट च्यातिएको बताईएको छ ।

सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले सानेको चोटको शल्यक्रिया गर्नु पर्ने भएको कारण उनी करिब ६ महिना मैदान बाहिर रहने पुष्टि गरेका छन् ।
'सामान्यतया यस खाले चोट ठिक हुन् ६ वा ७ महिना लाग्छ,' ग्वार्डीओलाले भने, ' आशा छ फेब्रुवरी अथवा मार्चबाट उ फर्कने छन् ।'
लिभरपुलविरुद्धको खेलको १५ औं मिनेटमा सानेले चोट बोकेका थिए । सिटीले लिभरपुललाई हराएर उपाधि जितेको थियो ।