एजेन्सी । लिभरपुलका गोलकिपर एलिसनले सुपर कपमा चेल्सीविरुद्वको खेल गुमाउने भएका छन् । ईङलिस प्रियिमर लिग फुटबलको पहिलो खेलमा चोट बोकेका एलिसनले सुपर कपको महत्वपुर्ण खेल गुमाउने भएका हुन् ।
लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले नर्विचविरुद्वको खेलमा एलिसनले घुँडामा चोट लागेको पुष्टि पर्दै अर्को हप्ता हुने सुपर कपको खेल गुमाउने पुष्टि गरेका हुन् ।

नर्विचविरुद्व पहिलो हाफको अन्तिम समयतिर उनी चोट बोक्दै मैदान छाडेका थिए । स्तानबुलमा सुपर कपको फाईनल खेल आयोजना हुदैछ । युईएफएले च्याम्पियन्स लिग र युरोपा लिगको विजेतालाई सुपर कपमा खेलाउने गर्छ ।
'मलाई यस्तो लाग्यो कुनै चिजले उसलाई हिर्कायो । र त्यो राम्रो संकेत हैन ।' क्लोपले भने, 'उनी बुधबारको खेलमा उपस्थित रहने छैनन् ।'
गत सिजन प्रिमियर लिगमा डेब्यु गरेका एलिसन लिभरपुलका मुख्य खेलाडी हुन् । उनकै सहयोगमा लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जितेको थियो भने प्रिमियर लिगमा उपविजेता बनेको थियो ।

२६ बर्षका ब्राजिलियन खेलाडी एलिसनले चोट बोकेपछि उनलाई नयाँ खेलाडी एडरियनले विस्थापन गरेका थिए । उनी नयाँ सिजन वेस्ट ह्यामबाट लिभरपुल आएका हुन् ।