काठमाडौं । भुटानमा आयोजना हुने महिला साफ यू-१५ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएकोछ ।
साफले शुक्रबार सार्वजनिक गरेको 'ड्र' मा नेपालले पहिलो प्रतिद्वन्दी भारत पाएको हो । नेपालले पहिलो खेलमा भारतसँग थिम्पुस्थित चाङलिमिथाङ मैदानमा असोज २२ गते खेल्नेछ ।
यस्तै नेपालले असोज २४ गते बंगलादेश, असोज २६ गते आयोजक भुटानसँग खेल्नेछ ।
लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।
गत संस्करणमा नेपाल चौंथो भएको थियो ।
